गुल्मीमा भेटियो १० वर्ष दुध दिने गाइ

| २०७८ भदौ २० गते १७: ५८ मा प्रकाशित

कृष्ण अन्जान, गुल्मी। रुरुक्षेत्र गाउँपालिका-१, भट्कुवा ठकुरी टाेलका खिम बहादुर चन्दले १० वर्ष अघि ब्याएकाे गाईले १० वर्ष देखि निरन्तर दूध दिइरहेकाे बताउनु भयाे।

याे एउटा अनौठाे र दुर्लभ घ’टना हो। हुन पनि खिम बहादुर चन्दले पालेकाे गाईले विगत १० वर्ष देखि निरन्तर दुध दिँदै अाएकाे पाईयाे।

विक्रम सम्वत २०६३ सालमा रुरुक्षेत्र-३, गौतम टाेलबाट खिम बहादुर चन्दले किनेर लगेकाे गाई पछिल्लो पटक २०६८ सालमा ब्याएकाे र त्यसपछि ब्याएकाे छैन र साँझ बिहान दूध दिइरहेकाे छ।

‘बिहान दुई माना र साँझ दुई माना दूध दिन्छ। मज्जाले घिउ लाग्छ। अचम्मै भाे!’, गाईधनी खिम बहादुर चन्दले भन्नुभयो।

‘बहर पनि लागेन अब गाई बिग्रियाे भन्ने साेँचे तर गाई त पौराणिक कालका कामधेनु सावित भयाे’ चन्दले भन्नु भयाे।

अाफूले बेचेकाे गाई त्यति गुनि निस्केकाे सुनेर रुरुक्षेत्र-३ का शुकदेव गौतम आफू अचम्मित भएको बताउनुहुन्छ।

‘मैले सुनेँ गाईले १० वर्ष सम्म निरन्तर दूध दिएकाे छ रे। नब्याईकन हेर्न गएकाे छैन एक पटक पुगेर गाईकाे दर्शन गर्ने मन छ।’, शुकदेव गौतमले बताउनुभयो।

‘झन पछि झन दूध स्वादिष्ट र पौष्टिक छ र मज्जाका डल्ला घिउ लाग्छ घिउ पनि साह्रै मिठाे मग्मगाउँदाे छ।’ गाईकाे बारेमा सुने पछि आफु पनि गाई हेर्न भट्कुवा ठकुरी टाेल पुगेकाे रुरुक्षेत्र-१ का परमानन्द ज्ञवालीले बताउनु भयाे।

‘साँच्चै गाई हृष्टपुष्ट लैनाे जस्तै बाल्टीनमा गाजवलाग्ने गरि दूध दिने र दूध पनि स्वादिष्ट लाग्याे। याे त प्रकृतिकाे वरदान नै लाग्याे।’ परमानन्द ज्ञवालीले भन्नुभयाे।

‘याे गाईकाे बारेमा वैज्ञानिक अध्ययन अनुसन्धान हुनु पर्छ। यदि यस प्रकारकाे गाईकाे वंशानुगत विकास हुन सक्याे भने किसानलाई सजिलाे हुन्छन् कि?’ ज्ञवालीले भन्नुभयाे।

गाईपालक खिम बहादुर चन्द आफ्नाे घरमा चमत्कारी गाई भएर पनि मिडिया बाट टाढा हुनुहुन्छ। वहाँ संग भेट्दा पहिलाे पटक मिडियाले खाेजेकाे प्रतिक्रिया दिनुभयाे।

हिन्दु परम्परामा गाईलाई गौमाता भनेर पुजिन्छ। सायद गाईले आमाले झैँ दुधले सिँचित गर्ने हुनाले गौमाताकाे रुपमा गाई पूज्य भईन।

‘लैनाे हुँदा याे गाई किन्न जति पनि आए तर मलाई बेच्न मन लागेन। सायद मेरा पुर्खाले कुनै पुण्यकाे काम गरेका थिए र गौमाताकाे रुपमा साक्षात कामधेनु गाई मेराे घरमा आईन्’ खिम बहादुर चन्दले भन्नुभयाे।

यिनी गाई मेरी आमा समान हुन। गाईकाे नजिक जाँदा आस्थाले शिर झुक्ने गरेकाे चन्दले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्