धारिलो हतियार प्रयोग गरी संखुवासभामा एकै परिवारका ६ जनाको ह'त्या

| २०७८ भदौ २१ गते १६: २४ मा प्रकाशित

                                                                            फाईल फोटो

संखुवासभा, भदौ २१। संखुवासभामा अज्ञात समुहद्वारा एकै परिवारका ६ जनाको हत्या भएको छ । जिल्लाको मादी नगरपालिका-१, खोला गाउँका तेजबहादुर कार्की परिवारको अज्ञात समूहद्वारा बंश नै नास गरिएको हो ।

धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा परिवारका सबै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले खाँदबारीले जनाएको छ ।

हत्या गरिएकामा ५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्की रहेका छन् । सबैको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको प्रारम्भीक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

विहान अबेरसम्म घरको दैलो नखुलेपछि छिमेकिले तेजबहादुरलाई बाहिरबाट बोलाएका थिए । तर, भित्रबाट कुनै प्रतिक्रिया नआएपछि अबेर गरि छिमेकीले प्रहरीलाई जानकारी गराएका थिए । हाल प्रहरीले घटनास्थललाई सुरक्षित राखेर अनुसन्धान अगाडी बढाएको छ ।स्रोत - रिपोर्टर्स नेपाल 

प्रतिक्रिया दिनुहोस्