सांसद गंगा चौधरी रोष्टममै गएर सभामुख माथि हमला गर्न खोजेपछि…

| २०७८ भदौ २३ गते १९: ११ मा प्रकाशित

काठमाडौं । आज भएको प्रतिनिधि सभाको बैठकमा नेकपा एमाले सांसद गंगा चौधरीले रोष्टममै गएर सभामुख माथि हमला गर्न खोजेकी छन ।

एमालेले कारवाही गरेको माधब नेपाल सहित १४ सांसदहरुलाई निष्कासश नगरेको भन्दै बैठक अघि नै एमालेका सबै सांसदहरु आवेशमा थिए ।

त्यसै क्रममा गंगा चौधरी जान खोजिन तर मर्यादापालकले जोडबलका साथ बल प्रयोग गरेर नियन्त्रण गरेपछि जान पाइनन् ।

एमाले सांसदको नाराबाजी बीच प्रतिनिधिसभामा सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश प्रस्तुत गरेको छ ।

एमाले सांसदहरूको अवरोधका कारण सभामुख अग्नीप्रसाद सापकोटाले दुई पटक बैठक स्थगित गरे । तेस्रो बैठक सुरु हुने बित्तिकै सभामुख सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई अध्यादेश टेबल गर्न समय दिए ।

गृहमन्त्री खाँण अगाडी बढ्दै गर्दा एमाले सांसदहरु रोस्ट्रम घेराउ गर्न पुगेका थिए । उनीहरूलाई मर्यादापालकले रोके । एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परिरहेकै बेला क्यामेरामा एमाले सांसद गंगा चौधरी सत्गौवा यसरी कैद भइन् ।चन्द्रसुर्य अनलाइन बाट साभार 

प्रतिक्रिया दिनुहोस्