तेस्रो मुलुकबाट आयत तथा निर्यात हुने नाका खोल्न आग्रह

| २०७८ भदौ ३१ गते २०: १९ मा प्रकाशित

शहबाज खान,कपिलवस्तु। नेपाल उद्योग वाणिज्य संघ कृष्णनगरले तेस्रो मुलुकबाट आयत तथा निर्यात हुने सामानको नाका खोलि दिनुको लागि भन्सार बिभाग राजश्व ब्यवस्थापन महाशाखासँग लगायत बिभिन्न सराेकारवाला निकायहरूस आग्रह गरेको छ।
नेपाल उद्योग वाणिज्य संघ कृष्णानगरका अध्यक्ष रामकुमार गुप्ताले २०७८ साउन १५गते तेस्रो मुलुकबाट आयात तथा निर्यात हुने सामानको नाका खोलाउनको लागि महानिदेशक भन्सार विभाग, राजस्व व्यवास्थापन महाशाखा,अर्थ मन्त्रालय,नेपाल उद्योग वाणिज्य महासंघ,नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश तथा भन्सार कार्यलय कृष्णानगर लाई पत्र लेखि अनुरोध गरेकाे हाे।

उक्त पत्रमा कृष्णनगर क्षेत्र नं.५ को औद्योगिक तथा व्यापारिक केंद्र भएको र हाल ४ लेनको सड़कको विस्तारको कार्यले तीब्रता लिएको र यही नाकाबाट आयात तथा निर्यातले कपिलवस्तु,अर्घाखाची,गुल्मी पाल्पा,प्युठान,दाङ्ग, रोल्पा पश्चिम समेतका जिल्लाहरुमा सस्तोमा आपूर्ति व्यवस्थापन हुन सक्ने व्यहोरा सविनय अनुरोध गरेकाेछ। साथै भारतको बढ़नी रेल स्टेशन कृष्णनगर भन्सार नाकाबाट मात्र २०० मीटरको दुरीमा व्रडगेज रेललाइन विस्तार भएको र यति नजिक र सहज व्रडगेज रेल लाइन अन्य भन्सार नाकामा नभएकोले समेत भारतको कुनैपनि स्थान बाट माल लोड गरी ल्याउने व्यवस्था भएको र भारतीय कष्टमबाट समेत तेस्रो मुलुकबाट आउने सामानको लागि यस नाकालाई स्वीकृत प्रदान पनि भइसकेको र सो निर्णय फोटो कापी पनि यसै निबेदनसाथ संलग्न रहेकाे ब्यहाेरा अबगत गराइएकाे छ। तसर्थ कृष्णानगर क्षेत्रको नाकाबाट तेस्रो मुलुकबाट आयात तथा निर्यात गरिने माल वस्तुको लागि स्वीकृत प्रदान गरी यस क्षेत्रको उद्योग तथा व्यापारलाई प्रोत्साहित गर्न यो नाका लाई खोल दिनुहुन सादर अनुरोध समेत गरिएकाे छ ।कृष्णानगर भन्सार कार्यकाल बि.स. २०१३ सालमा स्थापना भएको हो।

कृष्णानगर भन्सार कार्यलय अन्तर्गत ४वटा छोटी भन्सार कार्यलय भिल्मी, हरिहरपुर, कुशहवा,हरदौना रहेका छन्। 
Fly ash, क्लिङकर,जिप्सम,iron ore,पत्थर कोइला,एम एस विलेट, भेनियर सिट,हरियो फलफुल तथा तरकारी खाद्यान्न माल्ट,सूर्तिजन्य पदार्थ,सिसी बोतल आदि मुख्य मुख्य वस्तुहरुको यहीबाट पैठारी हुदैछ र निकासी हुने मुख्य वस्तुहरुमा रेजिन र जडीबुटी आदि रहेक छन्।

 संघ कृष्णनगरका अध्यक्ष रामकुमार गुप्ताले यो क्षेत्रका व्यापारीहरुको समस्या समाधानको लागि सम्बन्धित निकायवालहरु संग समवन्य गरी लगातार प्रयास गरि रहदै छन र कृष्णानगरका व्यापारीहरुको साथ उभिएर उनीहरुको हकहितको लागि लडदै आएका छन। भन्सार कार्यलयको पश्चिममा रहेको यात्रु गेटबाट लामो समय देखि मान्छेको आवत जावत बन्द रहदा पैदल यात्रुहरुलाई निकै समस्या भइ रहेको थियो र ती लाईनमा रहेका व्यापारीहरुको व्यापार बन्द हुने अवस्थामा पुगि सकेको  अध्यक्ष गुप्ता लगायतको टोलीले सम्बन्धित निकाय वाला हरु संग समवन्य गरि यात्रु गेट खोलाउन पनि सफल भएका
समचार छ।

प्रतिक्रिया दिनुहोस्