तनहुँमा ट्रक दु'र्घ'ट'ना हुँदा चालकको मृ'त्यु

| २०७८ असोज १ गते ०८: ०० मा प्रकाशित

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दु'र्घ'ट'ना हुँदा चालकको मृ'त्यु भएको छ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक बुल्दीखोलामा खस्दा करिब २८ वर्षीय चालकको मृ'त्यु भएको हो।

मृ'त'कको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए।

दु'र्घ'ट'नामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घा'इ'ते भएका छन्।

उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ। उनको खुट्टा र कुहिनोमा चोट लागेको छ।

ट्रक सडकबाट १० मिटर तल बुल्दीखोलामा खसेको थियो। मृ'त'क'को शव दमौली अस्पतालमा राखिएको छ।

Seto Pati

प्रतिक्रिया दिनुहोस्