गुल्मी तम्घासका पहिरो पिडित परिवारलाई बरिष्ठ समाज सेवि थापा को सहयोग

| २०७८ असोज ६ गते २३: ४२ मा प्रकाशित

काठमाडौं ।गुल्मी तम्घासका पहिरो पिडित परिवारलाई बरिष्ठ  समाज सेवि हेम थापाले बीस हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएका छन ।

सामाजिक संजालमा लेख्दै हेम & माया फाउन्डेसन मार्फत दु:खद को यस घडीमा मलम लगाउने प्रयास गरेको भन्दै बीस हजारको घोषणा गरेका हुन ।

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका-८, खानिगाउँ थुम्का लाइनमा मंगलबार राती  तिलक परियारका तीन छोरी (२१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियार ) को पहिरोमा परेर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्