प्रहरी हिरासतबाट भागेको अढाइ महिनापछि पक्राउ

| २०७८ असोज १६ गते १६: ३२ मा प्रकाशित

जनकपुरधाम । अढाई महिनाअघि इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षबाट भागेका एक युवक पक्राउ परेका छन् ।

गत असार २६ गते बिहान इलाका प्रहरी कार्यालय लहानको हिरासत कक्षको ग्रिल तोडेर भागेका नवराजपुर गाउँपालिका १ बस्ने ३४ बर्षीय रामप्रकाश भनिने पशुपति यादवलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लागूऔषध मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरी हिरासतमा राखिएका यादव हिरासत कक्षको प्यासेजको झ्यालको ग्रिल तोडी फरार भएका थिए । उनलाई सिरहाको सखुवानान्कारकट्टी गाउँपालिका १ मौवाहीको लच्कापुलबाट पक्राउ गरिएको सिराहा प्रहरीका प्रवक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय लहानमै राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्