नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ रुपन्देहीको साक्षता कार्यक्रम सम्पन्न

| २०७८ असोज १० गते २२: १७ मा प्रकाशित

बुटवल ।नेपाल चार्टर्ड एकाउन्टेन्ट्स छाता संगठन रुपन्देहीको छैठौं संसोधित विधानका संरचनात्मक परिवर्तन र व्यवस्थापनमा भएका परिवर्तनको बारेमा आइतबार बुटवलमा साक्षरता कार्यक्रम गरेको छ । 

कार्यक्रममा शाखाको संयोजक सिए छविलाल पोख्रेल को अध्यक्षतामा संचालन भएको थियो । प्रमुख अतिथि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स का केन्द्रिय अध्यक्ष सिए आनन्दराज शर्मा वाग्ले ले बोल्दै विधानमा भएका संसोधनको विषयमा विस्तृत जानकारी गराएका थिए भने संघले काठमाडौंमा बहुउद्देश्यीय भवन निर्माण गर्ने तयारीमा रहेको वाग्लेले जानकारी दिए । उक्त कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका रुपन्देहीका संयोजक सिए शिवहरी शर्मा, सदस्य सिए हरी लम्साल, सिए राजु कार्की, सिए सगुन लम्साल बोलेका थिए । 

त्यस्तै रुपन्देही शाखाले पञ्चकन्या गु्रपका सिए सगुन खनाल गु्रपलाई बेष्ट इम्प्लोयर अफ द इयर बाट पुरस्कृत तथा सम्मान गरिएको संघका सचिव प्रदिप भट्टराईले थिए । त्यस्तै रुपन्देही शाखाका संस्थापक संयोजन सिए प्रेम भुर्तेल, सिए सुमन पाण्डे, सिए योगेन्द्र बास्तोला, सिए शंकर अर्याल, शाखाका सचिव सिए प्रदिप भट्टराई लगाएत बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्