भारतबाट ल्याइएको अवैध पटाका नष्ट

| २०७८ कार्तिक १४ गते १८: ०२ मा प्रकाशित

मोरङ । मोरङ प्रहरीले अवैध रुपमा भारतबाट ल्‍याइएका पटाका नष्ट गरेको छ ।

करीब ३ लाख ३४ हजार ८ सय मूल्‍य बराबरको अवैध पटाका प्रहरीले बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मोरङ्का प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठले बताए ।

उनका अनुसार उक्त पटाका आजै जिल्ला प्रहरी कार्यालय मोरङको कम्पाउण्ड भित्र नष्ट गरिएको हो ।source- onlinekhabar

प्रतिक्रिया दिनुहोस्