सन्धिखर्क १० मा जुवातास खेलिरहेको अवस्थामा ७ जना जु'वा'डे अठ्चालिस हजार तिन सय चालिस रुपैँया सहित पक्राउ

| २०७८ कार्तिक १७ गते १५: ५३ मा प्रकाशित

अर्घा। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - १० बाट ७ जना जु'वा'डे पक्राउ परेका छन्। 

हिँजो साँझ करिब १० :३० बजेको समयमा जिल्ला अर्घाखाँची नगरपालिका वडा नं. १० मा  ७ (सात) जना मानिसहरु अबैध रुपमा पैसाको हारजित हुने गरी  जुवातास खेलिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट प्र.नि.शुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले खानतलासी गर्दा निजहरुको साथबाट नगद रु.४८,३४०(अठ्चालिस हजार तिन सय चालिस) र खेलिरहेको तास ४ गड्डि समेत बरामद भई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट  १० दिन म्याद थप भई कानून बमोजिम थप अनुसन्धान भईरहेको जिप्रकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्