बुटवलको मतगणनास्थलमै पौडेल पक्षका उम्मेदवार कुटिए

| २०७८ मंसिर ७ गते २१: १६ मा प्रकाशित

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नं २ को मतगणना स्थलमा कुटाकुट भएको छ। सोमवार सम्पन्न निर्वाचनको मतगणना भैरहेको अवस्थामा  विवाद भएपछि  मंगलबार साँझ कुटाकुट भएको  हो । घटनापछि मतगणना स्थलमा तनावको अवस्था रहेको छ ।

 मतगणना स्थलमा भएको कुटाकुटमा पौडेल समूहबाट महाधिवेशन प्रतिनिधिका उम्मेदवार रहेका दीर्घ बहादुर केसी घाइते भएका छन् । 

देउवा समुहका कार्यकर्ताको आक्रमणबाट केसीको मुखमा गम्भिर चोट लागेको बताइएको छ। नेपाली काँग्रेस नगर सभापति खेलराज पाण्डेले केसीको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक उपचार कक्षमा उपचार भइरहेको बताए । क्षेत्र नम्बर २ को मतगणना अन्तिम चरण रहेको  थियो । जहाँ पौडेल पक्ष जित नजिक पुगेको अवस्थामा एकाएक विवाद र कुटाकुट भएको बताइएको छ । स्रोत - रातो पाटि 

प्रतिक्रिया दिनुहोस्