एमालेको १० औँ महाधिवेशनमा नेकपा एमालेको सचिवमा टोपबहादुर रायमाझी विजयी

| २०७८ मंसिर १४ गते १६: ४० मा प्रकाशित

चितवन। नेकपा एमालेको सचिवमा केपी शर्मा ओली प्यानलका सबै उम्मेदवार विजयी भएका छन् ।

चितवनमा भएको एमालेको १० औं महाधिवेशनमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पदमा अर्याल निर्वाचित भएका हुन् । 

सचिवमा उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की पनि पराजित भएका छन् । उनीहरुले पनि ओलीले प्रस्तुत गरेको प्यानलभन्दा बाहिर गएर उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्