उपाध्यक्ष निर्वाचितमध्ये बादलको सबैभन्दा कम मत

| २०७८ मंसिर १४ गते १६: ४४ मा प्रकाशित

चितवन, १४ मंसिर । नेकपा एमालेका निर्वाचित ६ उपाध्यक्षहरुमध्ये रामबहादुर थापा बादलको सबैभन्दा कम मत आएको छ । उनले १७ सय ६८ मत प्राप्त गरे । यो मत पराजित घनश्याम भुसालको भन्दा १ हजार ४३ मत बढी हो ।

बादल पूर्वमाओवादी नेता हुन् । उनी एमालेमा नयाँ छन् । अध्यक्ष केपी शर्मा ओलीले बादललाई पछिल्लो समय निकै विश्वास गरेका छन् ।

बादलको गृहजिल्ला चितवनमै एमालेको महाधिवेशन भएको छ । यसकारण पनि उनका लागि यो चुनाव परीक्षा बनेको थियो ।

बादल छैठौं नम्बरमा आउँदा युवराज ज्ञवाली पाचौं नम्बरमा परे । उनले १८४२ मत ल्याए । ज्ञवाली विगतमा माधवकुमार नेपाल पक्षधर हुन् । एमाले फुट्दा उनले नेपालको साथ छाडेका थिए ।

चौंथो स्थानमा सुवास नेम्वाङ परे । उनी पूर्वसभामुख हुन् । ओलीका विश्वासपात्र नेम्वाङ वरिष्ठ उपाध्यक्षका दाबेदार थिए । तर, ओलीको दबाबले ब्याक भए ।

माधव नेपालको साथ छाडेर एमाले विभाजनको विपक्षमा उभिएका सुरेन्द्र पाण्डे तेस्रो बढी मत ल्याउन सफल भए ।source-

प्रतिक्रिया दिनुहोस्