त्रिभुवन विमानस्थालमा एउटाभन्दा बढी मोबाइल फोन, ल्यापटप तथा म’दिरा ल्याएमा जफत हुने

| २०७८ मंसिर १५ गते १४: ०६ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विमानस्थाल भन्सार कार्यालयले विदेशबाट नेपाल आउने यात्रुले तोकिएको परिमाणभन्दा बढी सुन र सूनका गहना, मोबाइल फोन, ल्यापटप तथा म’दिरा’जन्य प’दा’र्थ ल्याएमा जफत हुने विषय पुनः जानकारी गराएको छ ।

उक्त कार्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हँुदै नेपाल आउने नेपाली यात्रुले प्रचलित कानूनले दिएको सुविधाभन्दा बढी परिमाण र स्वरुपमा साथमा त्यस्ता सामग्री ल्याएको पाइएमा कानूनबमोजिम कारवाही हुने स्पष्ट गरेको छ । यात्रुमा प्रचलित कानूनी व्यवस्थाको पर्याप्त जानकारी नभएको एवं अन्य अपरिचित व्यक्तिले ललाइफकाइ त्यस्ता सामग्री पठाउने गरेको भनी बयान दिने गरेको विषयप्रति सो कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपाली नागरिक विदेशमा गई स्वदेश फर्कदा व्यक्तिगत प्रयोगका लागि सुनको गहना ५० ग्राम, एउटा ल्यापटप, एक थान मोबाइल र एक लिटरसम्मको एक बोतल मदिरा मात्र भन्सार महशुल छुटमा ल्याउन पाइने जानकारी दिइएको छ । कार्यालयद्वारा जारी सूचनामा ५० ग्रामभन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महशुल लिइए जाँचपास गर्न सकिने, सोभन्दा ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने उल्लेख छ । व्यक्तिगत प्रयोगका सुनका गहनाबाहेक अन्य जुनसकैस्वरुपको सुन अधिकतम १०० ग्रामसम्मलाई भन्सार महशुल लिइ जाँचपास गर्न सकिने तथा सोभन्दा बढी परिमाणको सुन जफत गरिने उल्लेख छ ।

व्यक्तिगत प्रयोगका लागि भए पनि एकभन्दा बढी ल्यापटप र मोबाइल फोन ल्याएमा भन्सार महसुल लाग्ने तथा मदिराका हकमा भने एकभन्दा बढी बोतल भए जफत गरिने जानकारी दिइएको छ । अपरिचित व्यक्तिले दिएको मालबस्तुमा अन्य कुनै अवैध बस्तु लुकाइएको छैन भन्ने सुनिश्चित नभएसम्म अरु कसैको मालवस्तु नलिन/नल्याउन पनि सबैलाई अनुरोध गरिएको छ ।

अपरिचित वा सामान्य परिचित व्यक्तिले विभिन्न सामाग्री आफन्तलाई पु-याइ दिन अनुरोध गर्ने र भन्सारमा जाँचका क्रममा त्यस्ता मालवस्तुभित्र लुकाइछिपाइ सुन, चाँदी वा अन्य अ’वै’ध व’स्तु राखेको फेला परेमा सम्बन्धित यात्रुले नै कारवाही भोग्नुपर्ने व्यवस्थाप्रति भन्सार कार्यालयले सबै तह र तप्कालाई सजग गराएको छ ।

प्रतिक्रिया दिनुहोस्