सौताको छोरालाई बिषादी खुवाई ह'त्या गरी फरार महिला पक्राउ

| २०७८ मंसिर १७ गते १६: २७ मा प्रकाशित

कैलाली। कैलाली जिल्लाको धनगढी उप-महानगरपालिका वडा नम्बर २ मालिका टोलमा सौताको छोरालाई बिषादी खुवाई ह'त्या गरी फरार रहेकी महिला लाइ प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ। 

यस्तो छ प्रहरीको पक्राउ रिपोर्ट - 

१. जिल्ला बाजुरा खप्तड छेडेदह गा.पा.२ घर भई जिल्ला कैलाली धनगढी उप-महानगरपालिका वडा नम्बर २ मालिका टोल स्थित रोहिणी प्रसाद जोशीको घरमा डेरा गरी बस्ने बर्ष ३५ की मागी रोकायाको श्रीमान बर्ष ३५ को बहादुर रोकायाले मिति २०७८/०८/२ गते भारतबाट आफन्तलाई फोन गरी मागी रोकाया सम्पर्क विहीन भएकोले निज के कहा छ बुझी दिन भनी निज डेरा गरी बस्ने कोठामा पठाउदा सो डेरा कोठाको अगाडिको मुल ढोका बन्द भई पछाडी पट्टीको ढोका खुल्ला रहेको, कोठा भित्र पङखा चालु अवस्थामा रहेको, कोठा भित्र बालकको खुट्टा मात्र अगाडिको झ्यालबाट देखिएको र अन्य मानिसहरु उक्त डेरा कोठामा कोही नभएको भनी निजका आफन्तबाट प्रहरी कार्यालयमा जानकारी प्राप्त भएको । 

२. तत्काल घटनास्थलमा प्रहरी टोली परिचालन गरी उक्त डेरा कोठा भित्र हेर्दा मागी रोकायासंगै बस्ने गरेका निजको सौता निर्मला थापामगरको छोरा धनगढी उपमहानगरपालिका वडा नं. २ स्थित हिमालय एकेडमीमा कक्षा ३ मा पढ्ने बर्ष १० को निशान्त थापामगर मृत अवस्थामा फेला पारी मृतक लाशको घटनास्थल लाशजाँच समेत गरी प्रारम्भिक अनुसन्धान कार्य शुरु गरिएको । 

३. तत्काल थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय कैलालीबाट बिशेष अनुसन्धान टोली परिचालन गरि भागी फरार रहेकी निज मागी रोकायाको खोज तलास तथा अनुसन्धान जारी राखिएको । 

४. अनुसन्धानका क्रममा निज मागी रोकाया भारतको हरियाणामा रहेको जानकारी प्राप्त भएपछि मिति २०७८।०८।१४ गते प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली त्यसतर्फ खटाई भारतीय प्रहरीको सहयोग र समन्वयमा निज मागी रोकायालाई मिति २०७८।०८।१६ गते भारतको हरियाणा रोहतक प्रेम चोकमा फेला पारी नेपाल ल्याई पक्राउ गरिएको ।

५. प्रारम्भिक अनुसन्धानका क्रममा मागी रोकायाको श्रीमान बहादुर रोकाया रोजगारीको सिलसिलामा भारतमा रहेको र निज करीब ३ बर्ष अघिदेखि निशान्त थापामगरकी आमा निर्मला थापामगरसंग भारत मै विवाह गरी संगै बस्दै आई रहेको । करीब ३ बर्ष अघि नै मागी रोकाया समेत हाल १४ बर्षको छोरी र ८ बर्षको छोरालाई पढाउन घनगढीमा बसोबास गर्दै आएको, बहादुर रोकायाले निर्मलालाई विवाह गरिसकेपछि छोरा निशान्तलाई पढाउन घनगढी स्थित हिमालय एकेडमीमा बोर्डस राखेकोमा करीब २ बर्ष अघि देखि निजले निशान्त थापा मगरलाई श्रीमती मागी रोकाया र निजका छोराछोरीसंगै धनगढी उप-महानगरपालिका वडा नम्बर २ स्थित डेरा कोठामा राखी स्कुल पढाउदै आएकोमा मागी रोकाया र निजका श्रीमान बीच बादबिवाद गालीगलौज भईरहने गरेको, वारदात पुर्व समेत फोन संवाद हुँदा श्रीमान श्रीमती बिच वादविवाद र झैझगडा भएको रिसले मागी रोकायाले मिति २०७८/७/२९ गते मृतक निशान्त थापा मगर स्कूलबाट फर्किएपछि निजले थाहा नपाउने गरी  दुधमा मुसा मार्ने औषधी मिसाई खुवाई निजलाई कोठामा बस्दै गर्नु हामी बेलुका आउछौ भनी आफ्ना छोरा र छोरी लगी भारत तर्फ गएको खुल्न आएको ।

६. निज मागी रोकाया बिरुद्ध कर्तव्य ज्यान मुद्दामा सम्मानित कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्