चुत्रावेसीको मसाल बजारमा जिपको ठक्कर बाट १० बर्षिय बालक गम्भीर घाईते :भैरहवा रिफर गरियो

| २०७८ मंसिर २१ गते १८: ३८ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क। जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर - २ को चुत्रावेसीको मसाल बजारमा घोंचे खोला देखि आउँदै गरेको लु.च ३९०० नम्बरको सिंगल क्याबले १० बर्षिय बालकलाई ठक्कर दिँदा गम्भीर घाईते भएका छन्।

जिपको ठक्कर बाट गम्भीर घाईते रहेका १० बर्षिय अभिषेक मगर बालकलाई अर्घाखाँची अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भैरहवा रिफर गरिएको अस्पतालले जनाएको छ। 

घाइते बालकको खुट्टा र शरीर र टाउकोमा चोट लाग्न पुगेको बुझीएको छ। बालकलाई ठक्कर दिने जिप अर्घा मिनिरल वाटर कम्पनिको पानि ओसारपसार गर्ने गाडी रहेको खबर प्राप्त भएको छ। ठक्कर दिने जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी स्रोतले जनाएको छ। 

घाइते अभिषेक सन्धिखर्कको नयाँ बसपार्क नजिकै रहेको जनज्योती आधारभूत स्कुलमा कक्षा ४ मा अध्यनरत थिए। 

प्रतिक्रिया दिनुहोस्