उपभोक्ता समिति का पदाधिकारी हरुलाई तालिम दिँदै मुसिकोट नगरपालिका गुल्मी

| २०७८ पौष १ गते ०२: ३६ मा प्रकाशित

एसपी भुसाल। मुसिकोट नगरपालिका गुल्मीले आ.व.२०७८/०७९ का विभिन्न आयोजना सम्पन्न गर्न गठन गरिएका उपभोक्ता समितिहरुलाई योजना सञ्चालन तथा दिगो व्यवस्थापन सम्वन्धी तालिम सञ्चालन गरीरहेको छ वडास्तरमा उपभोक्ता समितिबाट सञ्चालन हुने योजनाहरुमा उपभोक्ता समितिको गठन, कामको गुणस्तर र कार्य सम्पन्न भइसके पछि भुक्तानीमा हुने समस्या समाधानका लागि यो बर्षदेखी नयाँ कार्यक्रमका रुपमा उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई सहभागि गराएर तालिम सञ्चालन गरिएको मुसिकोट नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत खिमानन्द भुसालले बताउनु भयो ।

आज सम्म मुसिकोट नगरपालिकाका वडा नं. १,५ र ६ नम्बर वडामा तालिम सम्पन्न भईसकेको र अन्य वडामा तालिमको तयारी भएको नगरपालिकाले जनाएको छ । उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सम्पन्न गर्न अपनाउनु पर्ने कानूनी ब्यवस्था,निर्माणका कार्यमा प्रयोग गरिने सामाग्री र त्यसको खरिद प्रक्रिया तथा योजना सम्पन्न भए पछि भुक्तानी लिन आवश्यक कागजात लगायतको प्रक्रियाका बारेमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, योजना अधिकृत मुना ज्ञवाली, सुचना अधिकारी प्रकाश घिमिरे, उजुरी प्रशासक विस्नु प्रसाद खरेल र इञ्जीनियर प्रकाश खनालले सहजीकरण गर्नु भएको थियोे  ।

प्रतिक्रिया दिनुहोस्