लुम्बिनीमा राजेश विकसहित गठबन्धनका तीनै उम्मेदवार विजयी

| २०७८ माघ १२ गते १७: २७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्।

बुधबार दिउँसोसम्म भएको मतदानपछि गरिएको गणनामा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा (राजेश विक), नेकपा (एकीकृत समाजवादी) की राजेन्द्रलक्ष्मी गैरे र नेपाली कांग्रेसका युवराज शर्मा विजयी हुनुभएको हो ।

यहाँ विजयी भएका सत्तारुढ गठबन्धनका उम्मेदवारले ४३७४ मतभार पाएका छन् । दुम्बिनीमा एक्लै मैदानमा उत्रिएको नेकपा एमालेका तीनै उम्मेदवार हारेका छन् ।

एमालेले भारती उपाध्याय खनाल, कृष्ण सुनार र रामदयाल गुप्तालाई उठाएको थियो ।

पराजित एमाले उम्मेदवारले ३३१२ मात्रै मतभार पाएको निर्वाचन कार्यालयले जनाएको छ।
लुम्बिनी प्रदेशबाट राजेश विकको विजयसँगै राष्ट्रिय जनमोर्चा पहिलो पटक राष्ट्रिय सभामा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्