नेशनल मल्टीप्रपोज ईन्भेष्टमेन्ट कम्पनीको साधारणसभा बुटवलमा सम्पन्न

| २०७८ फागुन १२ गते १८: ५८ मा प्रकाशित

बुटवल। नेशनल मल्टीप्रपोज ईन्भेष्टमेन्ट कम्पनी प्रा.लि. को साधारणसभा बुटवलको सुन्दर नगरीमा शेयरधनीहरुको सक्रिय सहभागितामा भव्य रुपमा सम्पन्न भएको छ।

राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहको पनि विशेष उपस्थिती रहेको थियो। साधारणसभालाई शुभकामना दिंदै सिंहले भन्नुभयो:नेतृत्वको असल नियत भनेको नै कम्पनीको सफलताको पहिलो सिंढी हो। हामी र हाम्रो टिम सके बढी नत्र  कम्तीमा पनि पुँजीवादी मान्यतामा चल्नुपर्छ, पुँजीवादीसँग एउटा प्रणाली छ,त्यसले आर्थिक अनुशासन पालना गर्दछ। ऋतु केसीको स्वागत मन्तव्य र चित्र बहादुर केसीले दिप प्रज्वलन गरी उद्घाटन पश्चात् शुरुभएको कार्यक्रममा अखिल नेपाल राष्ट्रिय उद्यो ब्यापार सँघका केन्द्रीय उपाध्यक्ष पद्मप्रसाद श्रेष्ठ,कानुनी सल्लाहकार लक्ष्मणदेव पान्डे,प्यूठान उद्योग बाणिज्य संघ तथा उद्योग व्यापार संघ प्युठानका अध्यक्ष कृष्णभक्त गिरी ,अखिल नेपाल उद्योग व्यापार संग रुपन्देहीका उपाध्यक्ष उमलाल बन्जाडे,अखिल नेपल उद्योग व्यापार संघ कास्कीका प्रतिनिधि भागिरथ शर्माले साधारणसभाको सफलताको शुभकामना दिनुभएको थियो ।

साधारणसभाले कम्पनीलाई देशव्यापी आर्थिक गतिविधि चलाउने गरी महत्त्वपूर्ण निर्णयहरू गर्दै कम्पनीलाई थप गति दिने हेतुले आगामी पाँच बर्षको लागि ढुन्डीराज शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिती निर्वाचित गरेको छ । जसमा क्रमश: सचिव ढाकाराम पौडेल,कोषाध्यक्ष बल बहादुर अधिकारी र सदस्यहरुमा:पद्म प्रसाद श्रेष्ठ,बलबहादुर अधिकारी ,ऋतु के सी,भीम प्रसाद देवकोटा ,शिवप्रसाद खनाल ,सहबिन अर्गेजा ,टेक वहादुर थापा , उमलाल बन्जाडे र कृष्ण भक्त गिरी रहनुभएको छ।त्यस्तै पाँच जनाको सल्लाहकार समितीको पनि निर्माण गरेको छ जसमा भैरवराज रेग्मी ,तुलसी सापकोटा ,गोबिन्द शर्मा पौडेल ,भीमप्रसाद श्रेष्ठ र शालिकराम सापकोटा रहनुभएको छ । कार्यक्रमको हलमा प्रस्तुत अध्यक्षले प्रगति प्रतिबेदन,बलबहादुर अधिकारीले आर्थिक प्रतिबेदन र शिवप्रसाद खनालले भावी रणनीति सम्बन्धि प्रस्तुत प्रतिबेदनमाथी व्यापक छलफलपछि समितीले पारित गरेको थियो । ढुन्डिराजशर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ढाकाराम पौडेलले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्