हामीलाई निमिट्यान्न पार्ने षड्यन्त्र चुड्की बजाएर समाप्त पार्‍यौं : माधव नेपाल

| २०७८ फागुन १७ गते १६: ५७ मा प्रकाशित

 काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले १ फागुनमै आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको दाबी गरेका छन् । तर आफूहरुले चुड्कीको भरमा सबै षड्यन्त्र समाप्त पारिदिएको उनको दाबी छ ।

संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले भने, ‘हामीलाई निमिट्यान्न पार्न खोज्ने षड्यष्न्त्रहरु एकै मिनेटमा चुड्की बजाएर समाप्त पारिएको छ ।’


उनले अघि भने, ‘फागुन १ गतेको षड्यन्त्र त्यस्तै थियो । त्यही दिन हाम्रो पार्टीको अस्तित्व समाप्त पार्ने षड्यन्त्र भएको थियो ।’ त्यो दिन माधवकुमार नेपालसहित १४ सांसदको मुद्दा पेशीमा चढेको थियो । तर सत्तारुढ गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग संसदमा दर्ता गरेका थिए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीलाई लिएर अनेक शंका भएपनि व्याख्यात्मक घोषणापछि ढुक्क भएको बताएका छन् ।onlinekhabar 

 

प्रतिक्रिया दिनुहोस्