कपिलवस्तुमा विप्लप समूहद्धारा आफ्नै नेतालाई कालोमोसो र चप्पलको माला

| २०७८ फागुन १८ गते १५: २७ मा प्रकाशित

कपिलबस्तु। कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं। ११ बरवमा नेपाल कम्युनिष्ट पार्टी विप्लप समूहले आफ्नै नेतालाई कालोमोसो र चप्पलको माला लगाएको छ ।

विप्लपका नेताले बाणगंगा नगरपालिकाका पूर्व सेक्रेटरी एवम् गुल्मीका मालारानी गाउँपालिकाका विक्रान्त भनिने प्रशान्त वि।क।लाई विभिन्न आरोपमा कालोमोसो र चप्पलको माला लगाएको बाणगंगा नगरपालिकाका नगर सेक्रेटरी शेरमानले बताउनुभयो ।

विक्रान्तलाई पार्टीले २०७६ साल कार्तिकमा बाणगंगा नगरको नगर सेक्रेटरीको जिम्मेवारी दिइएको थियो । जिम्मेवारी पाएपछि उहाँले पार्टीको नाममा विभिन्न ठाँउबाट रकम असुल्ने, परदर्शिता नदेखाउने र रकम हिनामीना गर्ने आरोपमा उहाँलाई सो सजाय दिएको सेक्रेटरी शेरमानले बताउनुभयो ।

उनले साथीभाई संग सरसपाटी लिएको पैसा हिनामिना गरेको आरोपमा उहाँलाई २०७७ साल मै पार्टीले कार्यवाही गरेको उहाँले बताउनुभयो ।
स्थानीय तहको चुनावको तयारी सुरु भएसँगै कपिलवस्तुमा विप्लप समूहका गतिविधि सुरु हुन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्