भारतीयबाट नेपाल प्रहरीमाथि ढुङ्गा प्रहार

| २०७८ चैत १२ गते २३: ३५ मा प्रकाशित

शहबाज खान, कपिलवस्तु ।कृष्णनगर सिमा सुरक्षा बलमाथि भारतीय असा्माजिक व्यक्तिहरुले ढुङगा प्रहार गरेका छन्। कपिलवस्तुको कृष्णानगर बजारमा शनिबार शान्तिपुर्वक होली पर्व धुमधामका साथ मनाउँने क्रममा छिमेकी राष्ट्र भारतबाट लगभग ७,८ सयको संख्यामा होली खेल्ने मान्छे लिंग गेट बाटोबाट पिंकअपमा ठुला–ठुला डिजेसाउन्ड राखी नेपाल आउन खोज्दा सिमासुरक्षामा खटिएका नेपाली प्रहरीले रोक्ने प्रयास गर्दा भारतबाट ठुलो संख्यामा आइ‌रहेको भिडले नेपाल‌ प्रहरी माथि ढुङ्गा प्रहार गरेको सशस्त्र प्रहरी बल (बीओपी) कृष्णानगरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले बताए।

ढुङ्गा प्रहारबट कुनै किसिमको क्षति नभएको निरीक्षक आचार्यले जनाए । होली पर्व धुमधाम तथा शान्ति रुपमा मनाउँदा कुनै किसिमको अप्रिय घटना नहोस् र शान्ति सुरक्षा कायम गर्ने दृष्टिकोणले नेपाल भारत सिमा सुरक्षा तथा सम्बन्धित निकायवालासँग छलफल गरि होली खेल्ने व्यक्तिहरुलाई नेपाल भारत आवत जावतमा कड़ाई गर्ने सहमति भएको र त्यही अनुसार आज ( शनिवार) बिहानैदेखि ड्युटीमा खटिए बताउँदै एकाएक ठुलो संख्यामा बाजागाजाका साथ नेपाल प्रवेश गर्ने प्रयासलाई रोकेने क्रममा उक्त भारतीय समुहले सुरक्षाकर्मी माथि ढुङ्गा प्रहार गरेको निरीक्षक आचार्यले बताए ।

भारतका सुरक्षाकर्मी तथा सम्बन्धित निकायवालाहरु घटनास्थलमा पुगी भारतबाट आएका ठुलो समुहलाई भारत फिर्ता पठाएको सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्