प्रगतिशील पत्रकार संघ रुपन्देहीको सम्मेलन सम्पन्न, अध्यक्षमा कुवर सचिवमा भुसाल

| २०७८ चैत २० गते १९: ०० मा प्रकाशित

बुटवल ।प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देही शाखाको सम्मेलन आइतबार बुटवलमा सम्पन्न भएको छ। 

सम्मेलनलाई सम्बाेधन गर्दै प्रगतिशील पत्रकार संघका सल्लाहकार सुमन अधिकारीले नेपाली पत्रकारिताको क्षेत्रमा बिचारकाे पनि पत्रकारिता हुने बताउदै पत्रकारितामा अनुशासन र सक्रियता आवश्यक पर्ने बताए।

कार्यक्रममा बामपंथी नेता चेतनाथ आचार्य, अखिल नेपाल उद्योग व्यापार संघका अध्यक्ष ढुण्डिराज पाैडेल, अखिल (छैठौं) का सचिव सराेजमान सिंह लगायतले शुभकामना मन्त्वय राखेका थिए।

सम्मेलनले बिरेन्द्र कुवरकाे अध्यक्षतामा १३ सदस्यीय प्रगतिशील पत्रकार संघ, नेपाल जिल्ला समिति रुपन्देही निर्वाचित गरेको छ। 
जसको उपाध्यक्षमा सुरेन्द्र रेग्मी, सचिवमा टेकराज भुसाल, सहसचिवमा प्रकाश जिसी, काेषाध्यक्षमा शारदा पान्डे र सदस्यहरुमा क्रमशः दिपा बिक, सुरेश आचार्य, भानुभक्त शर्मा, टिकाराम घिमिरे, राम खड्का, बिमल खरेल, दिपक बस्नेत र अनिल थापा निर्वाचित भएका छन् ।

त्यस्तै सम्मेलनले सल्लाहकार समितिमा सुमन अधिकारी, श्यामलाल पोख्रेल र गंगालाल सापकोटालाई चयन गरेको छ।

प्रतिक्रिया दिनुहोस्