बिद्यार्थीलाई ट्राफिक नियम सिकाउँदै प्रहरी

| २०७९ जेठ १६ गते १८: ४८ मा प्रकाशित

गुल्मीको मदाने गाँउपालिका ६ मा अस्थाई ट्राफिक पोस्ट पुर्कोटले मेहले पोखरी माध्यमिक बिद्यालय तथा टिमुरखर्क आधारभुत बिद्यालयका करिक १०० जना बिद्यार्थीहरुमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

बिद्यालयका बिद्यार्थीहरुलाई ट्राफिक यम महतले सहजिकरण गर्नु भएको हो । महतले बिद्यालयका बिद्याथीहरुलाई पैदल यात्रीहरुले सडकमा पालना गर्नु पर्ने नियमबारे जानकारी गराउनु भएको थियो । पैदल यात्रीहरुले सामान्य नियमहरुको पालना नगर्दा दुर्घटना बढ्ने भएकोले सचेतनाको लागि बिद्यार्थीहरुमा सचेतना कार्यक्रम सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय पुर्कोट अन्तरगतको अस्थाई ट्राफिक पोस्ट पुर्कोटका ट्राफिक महतले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्