स्वर्गीय खनालको बिद्यार्थी आन्दोलनमा अतुलनीय याेगदान थियो : केन्द्रीय सदस्य भुसाल

| २०७९ असार २१ गते १७: ११ मा प्रकाशित

असार २१ कपिलवस्तु । कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वार्ड नम्बर ३ नयाँ बस्ती निवासी अखिल (छैठौं) पुर्व कपिलवस्तु जिल्ला सदस्य अस्मिता खनालको निधन भएको ७औं दिनको दिन अखिल (छैठौं) कपिलवस्तुले आयोजना गरेको श्रद्धाञ्जली सभा खनालको निवासमा मंगलबार सम्पन्न भएको छ ।

श्रद्धाञ्जली सभालाई प्रमुख वक्ताको रुपमा अखिल (छैठौं)का केन्द्रीय सदस्य टेकराज भुसालले सम्बोधन गर्नुभएको थियो ।
सम्बाेधन गर्दै भुसालले संगठनका पुर्व जिल्ला सदस्य खनालको असामयिक निधनबाट संगठनलाई अपुरणीय क्षति पुगेको र उहाँले संगठनमा देखाएको निष्ठा, सक्रियताबाट बिद्यार्थीहरुले महत्वपूर्ण पाठ सिक्नुपर्ने भन्दै स्वर्गीय खनालकाे अखिल (छैठौं) र बिद्यार्थी आन्दोलनमा अतुलनीय याेगदान रहेको बताउनुभयो।

त्यस्तै अखिल नेपाल टेड्र युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केयर सिंह अदैले दिवंगत खनालप्रति श्रद्धाञ्जली र शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको थियो ।

श्रद्धाञ्जली सभामा राष्ट्रिय जनमाेर्चा कपिलवस्तुका काेषाध्यक्ष चेतनारायण खनाल, स्वर्गीय अस्मिता खनालका बुवा श्याम प्रकाश खनाल, हजुरआमा इन्द्र कला खनाल लगायतको आतिथ्यता रहेको थियो।

श्रद्धाञ्जली सभा अखिल (छैठौं) कपिलवस्तु अध्यक्ष सन्जिला बुढा मगरको अध्यक्षता र सचिव टिना अदैकाे संचालनमा सम्पन्न भएको थियो।

१९ वर्षीय खनालको असार १५ गते  जिल्लाको शिवराज नगरपालिका ३ खरेन्द्रपुरमा सडकको किनारमा रोकिराखेको ट्याक्टरमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मोटरसाईकल ठोक्किदाँ निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्