प्रवाश नेपाली जनकल्याण समिती दिल्ली को १८ औ  तिज सांसकृतिक कार्यक्रम  चर्चित कलाकार  खुमन अधिकारी सहित को कलाकार टिम दिल्ली आउदै 

| २०७९ सावन २५ गते ०३: ०७ मा प्रकाशित


अर्जुन थापा अर्घाखाँचीबुलेटिन - भारतको राजधानी नयाँ  दिल्लीमा विभिन्न समयमा विभिन्न संघ सस्थाद्वारा कुनै न कुनै कार्यक्रम आयोजना गरेता पनि गत केही बर्षा देखि बिस्व भरी फैलिएको नोवेल कोरोना भाइरस को महामारी का कारण  कुनै पनि कार्यक्रम हुन सकेका थिएनन् यद्यपि केही समय संगै विभिन्न सांस्कृतिक कार्यक्रम हुँदै छ्न यहि आउदो ३० अगस्त   को दिन महिला हरु को महान चाड हरितालिका तिजको अवसर पारेर प्रवाश नेपाली जनकल्याण समिती ले  १८औ इन्डो नेपाल सांस्कृतिक महोत्सवको आयोजाना गरेको छ । 


भाषा सांस्कृती र परम्परा को समान नेपाल भारत बिच को सम्बन्धलाई बलियो बनाउने उदेश्य सहित उक्त कार्यक्रम  गर्न लागेको संस्था का प्रतिनिधि फर्श थापा  ले बताउनु भयो । भारत प्रवाशमा मा धेरै नेपाली हरु को कर्मथलो भएकाले पनि यहाँ धेरै प्रवासी नेपाली हरु को संख्या  लाखौं मा छ यसौ को मध्यनजर राखी महिला  दिदि बैनी आमा बुवा दाजुभाइहरु लाई मनोरंजन गर्न गरि यहि  ३० अगस्त को दिन उक्त कार्यक्रम आयोजाना गर्न लागेको हो ।


 कार्यक्रम मा नेपालबाट ख्यातिप्राप्त कलकारहरु गायक खुमन अधिकारी गायिका   उमादेबि खनाल, बसन्ती थापा मगर, लालमाया कुवर मोडल अभिशेख खड्का  साथमा बाल कलकारहरु इस्थानिया कलाकारहरु को बिजोड प्रस्तुति हुने आयोजक ले जानकारी दिएको छ। 


 कार्यक्रम मा सम्पुर्ण नेपालीभाषी  दाजु भाइ दिदी बैनी बुद्धि जिबि पत्रकार विद्यार्थी सबै कार्यक्रम मा उपस्थित  भई सोभा बडाइ दिनुहुन  आयोजक ले अनुरोध  गरेको छ ।  कार्यक्रम हुने स्थान स्टोर वाला पार्क रामलिला ग्राउन्ड मांडल टाउन -२ नजदिक मेट्रो स्टेशन दिल्ली

प्रतिक्रिया दिनुहोस्