अन्तत : बाबुराम माओवादीको चुनाव चिन्हबाट चुनाव लड्ने, घोषणापत्र पनि एउटै

| २०७९ सावन २९ गते १७: ५५ मा प्रकाशित

पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई माओवादीकै चुनाव चिन्हबाट आउने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लड्ने भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्डसँगको चरणबद्ध वार्तापछि एउटै चुनाव चिन्ह र घोषणापत्रबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा भाग लिने सहमति भएको हो ।

बाबुराम माओवादीकै गोलाकारभित्रको हसिया हथौडाबाट चुनाव लड्ने सहमति भएको छ । दुवै पार्टीको घोषणापत्र पनि एउटै हुनेछ ।

यसको औपचारिक घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्