संस्कृत शिक्षा र बदलिँदो समाज विषयक विचार मन्थन कार्यक्रम सम्पन्न

| २०७९ सावन २९ गते २२: ३७ मा प्रकाशित

काठमाडौं । नेपाल विद्यार्थी संघ लुम्बिनी - वाल्मीकि सम्पर्क समितिको आयोजनामा संस्कृत शिक्षा र बदलिँदो समाज विषयक विचार मन्थन कार्यक्रम नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठको सभाहलमा सम्पन्न भएको छ । 

कार्यक्रमका प्रमुख वक्ता हिन्दु विद्यापीठका अध्यक्ष डा चिन्तामणी योगीले नेविसंघ लुम्बिनी वाल्मीकि सम्पर्क समितिले अत्यन्तै राम्रो कार्य गरेको बताउँदै संस्कृत पढ्ने विद्यार्थीहरुले नेविसंघ र अखिलको झण्डा उठाउन तयार हुने तर संस्कृतको झण्डा उठाउन किन तयार नहुने भन्दै प्रश्न गर्नुभयो उहाँले आफ्ना धर्म संस्कार परम्परा रितिरिवाज र चाडपर्वको प्रचारप्रसार गर्न नसक्नेले संस्कृत शिक्षा आर्जन गर्नु व्यर्थ रहेको बताउनुभयो । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवम् त्रीचन्द्र क्याम्पसका नेपाली विभागाध्यक्ष प्राडा ध्रुवप्रसाद भट्टराईले संस्कृत शिक्षाले मानिसलाई सभ्य र सुसंस्कृत हुने बताउँदै आगामी दिनमा अझै रचनात्मक काम गर्दै जान सम्पर्क समितिलाई सुझाव दिनुभयो । 

कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य लक्ष्मण पन्थी , नेपाल संस्कृत विश्वविद्यालयका पुर्व शिक्षाध्यक्ष डा लालमणी पाण्डे , वाल्मीकि विद्यापीठका प्राचार्य प्राडा भागवत ढकाल , पुर्वप्राचार्य प्राध्यापक ध्रुव ज्ञवाली, नेपाल प्राध्यापक संघ नेपाल संस्कृत विश्वविद्यालयका पुर्व सभापति डा शान्तिकृष्ण अधिकारी , नेविसंघ नेता टंक पराजुली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक घनश्याम भण्डारी , प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय सदस्य डा प्रकाश तिवारी , प्रजातन्त्रवादी प्राध्यापक संघका केन्द्रीय प्रतिनिधि डा जयन्त आचार्य , नेपाल संस्कृत विश्वविद्यालय सभाका सदस्य डा नारायण चालीसे लगायतको उपस्थिति रहेको थियो । 

कार्यक्रम सम्पर्क समितिका अध्यक्ष गोविन्द रेग्मीको सभापतित्व , सचिव विक्रम भट्टराईको स्वागत मन्तव्य एवम् सदस्य शिवलाल पौडेलको सन्चालनमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्