सन्धिखर्कमा ज्येष्ठ नागरिकहरु लाई ब्लाङकेट (कम्बल) बितरण

| २०७९ असोज २६ गते १७: ५२ मा प्रकाशित

अशोक खनाल ,सन्धिखर्क। सन्धिखर्क नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा अर्घाखाँचीले जेष्ठ नागरिकहरु लाई ब्लाङकेट बितरण गरेको छ।

सन्धिखर्क नगरपालिका वडा न.१ को आयोजनामा वडा न. १ का ८९/९०बर्षका  जेष्ठ नागरिकहरु लाई ३२ औं  अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवस २०२२अक्टोबर - १ को अबसरमा वडा न. १ का ६ जना र वडा न.३ का १ जना गरि ७ जना जेष्ठ नागरिकहरु लाई ब्लाङ्केट बितरण गरिनुका साथै खादाले सम्मान गरिएको छ।

सन्धिखर्क नगरपालिका का नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता मा सम्पन्न सम्मान कार्यक्रममा नगरउपप्रमुख मिश्रा आचार्य , सन्धिखर्क नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल ,वडा न.३ का वडा अध्यक्ष जम्सेर मिया , जेष्ठ नागरिक सन्धिखर्क नगर समिति सचीव हरि प्रसाद दमासे वडा न.१ का जनप्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो ।

कार्यक्रम सन्धिखर्क नगरपालिका वडा न.१ का वडा अध्यक्ष  माधब श्रेष्ठको अध्यक्षता महिला  बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख बेलकुमारी परियारको स्वागत मन्तव्य तथा वडा न.१ का सचीव धर्मराज भुसालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्