सुदूरपश्चिममा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, डोटीमा तीन जनाको मृ'त्यु

| २०७९ कार्तिक २३ गते १६: ४१ मा प्रकाशित

डडेलधुरा । डोटीमा केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्प गएको छ ।

डोटीको खप्तड राष्ट्रिय निकुन्ज आसपासलाई केन्द्रबिन्दु बनाएर बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको पछिल्लो भूकम्पले मानवीय क्षतिसमेत भएको छ।

मंगलबार बेलुकादेखि डोटीमा तीनपटक भूकम्पको धक्का महसुस भएको थियो ।भूकम्पमा परेर डोटीमा घरसमेत भत्किएको छ । 

पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँमा ठक्कर बोहोराको घर भत्किँदा तीनजनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्