सूर्य थापालाई भारइल भेलु बाजेको साथ

| २०७९ कार्तिक २८ गते १९: ५० मा प्रकाशित

काठमाडौं, २८ कार्तिक । नेकपा (एमाले) का प्युठानबाट प्रतिनिधिसभाका उम्मेदवार सूर्य थापाले आफूलाई भाइरल भेलु बाजेको साथ रहेको बताएका छन् । चुनावी प्रचारको क्रममा थापाले आफूलाई भाइरल बाजेको साथ रहेको तस्विर सार्वजनिक गरेका छन् ।

उम्मेदवार थापाले लेखेका छन्–‘प्युठान नगरपालिका वडा नं ५ जुम्रिकँडा, ठुलागाउँमा चुनावी भेटघाट। भाइरल भेलुबाजे (मीनबहादुर बुढा) को समेत खुला साथ।’ थापासँग सत्ता गठबन्धनबाट जनमोर्चाकी दुर्गा पौडेल चुनावी प्रतिष्पर्धामा छिन् । पौडेललाई कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) को साथ छ ।रासस 

प्रतिक्रिया दिनुहोस्