निर्वाचन आयोग द्वारा शोक बिज्ञप्ति

| २०७९ मंसिर ३ गते १६: २९ मा प्रकाशित

शोक–विज्ञप्ति

मिति: २०७९ मंसिर ३ गते

भोलि मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका, वडा नं. ४ स्थित फुर्के सामुदायिक वन उपभोक्ता समूह मतदान केन्द्रमा मतदान अधिकृतका रूपमा खटिएका सर्लाही हरिपुरूवा–६ का बिल्टु रायको आज बिहान सुतिरहेको अवस्था र धनकुटा जिल्ला साँघुरीगढी–३ स्थित सिद्धेश्वरी आवासीय विद्यालय मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी धनकुटा साँघुरीगढी–४ की पवित्रा लिम्बूको मंसिर २ गते बिरामी परीउपचारका क्रममा निधन भएको दुःखद् जानकारी प्राप्त भएको छ ।

निर्वाचन आयोग दिवंगत कर्मचारीहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछ । निर्वाचनमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षा र व्यक्तिगत सुरक्षा प्रबन्धका लागि कुनै कसर बाँकी नराख्न आयोग नेपाल सरकार गृह

मन्त्रालयमार्फत सम्बद्ध सबै निकायलाई हार्दिक आग्रह गर्दछ ।

शालिग्राम शर्मा पौडेल
सहसचिव एवं प्रवक्ता

शोक–विज्ञप्ति

प्रतिक्रिया दिनुहोस्