गुल्मीकाे मालिका गाउँपालिकामा विवादका कारण मतदान स्थगित

| २०७९ मंसिर ४ गते ११: ५१ मा प्रकाशित

गुल्मी।गुल्मीकाे क्षेत्र नम्बर २ अन्तर्गत मालिका गाउँपालिका-५ काे छापहिले माध्यमिक विद्यालयमा भइरहेकाे मतदान स्थगित भएकाे छ ।

बिहान मतदान सुरु भएकाे केही समयपछि प्रत्यक्ष र समानुपातिक मतपत्र अघिपछि गराइएकाे भन्दै  सत्तारूढ गठबन्धनका कार्यकर्ताले विराेध गरेपछि बिहान साढे ८ बजेदेखि मतदान स्थगित भएकाे हाे ।

मतदान स्थलमा केही समय नाराबाजी भएकाे थियाे । अहिले विवाद समाधानका लागि छलफल भै रहेको छ।

प्रतिक्रिया दिनुहोस्