गोरखा-२ मा प्रचण्डलाई फराकिलो अग्रता

| २०७९ मंसिर ५ गते २३: २० मा प्रकाशित

 गोरखा । गोरखा-२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता लिएका छन् । सोमबार साँझसम्म सार्वजनिक मत परिणाम अनुसार उनले ५१६ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ९१ र नेकपा एमालेका अब्दुस मियाले ६६ मत पाएका छन् । यो क्षेत्रबाट २०७४ सालमा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई निर्वाचित भएका थिए ।source - onlinekhabar

प्रतिक्रिया दिनुहोस्