मतदातालाई धन्यवाद दिन पुगेका बिष्ट लाई गाउँमा सुन्तलाकाे माला

| २०७९ मंसिर १४ गते १९: २७ मा प्रकाशित

गुल्मी।गुल्मी क्षेत्रनम्बर २ मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेकपा एमालेका गोकर्ण बिष्टलाई स्थानीय कृषकले फूलको मालाको सट्टामा सुन्तलाको माला लगाइ दिएका छन् । प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका बिष्टलाई फूलको माला लगाउने ठाउँमा सुन्तलाको माला लगाई दिएका हुन् ।

मंगलवार मतदातालाई धन्यवाद दिन रेसुङ्गा नगरपालिकाको वडानम्बर–३ को भाडागाउँमा पुगेका बिष्टलाई स्थानीय कृषकले सुन्तलाको माला लगाई दिएका हुन् । स्थानीय कृषि उत्पादनलाई बजारी करणमा टेवा पुप्याउने उदेश्यले सुन्तलाको माला लगाई दिएका हुन् ।

जिल्लाको रेसुङ्गा नगरपालिकाको भाडगाउँ र धुर्कोट गाउँपालिकाको नयाँ गाउँ सुन्तला प्रसिद्ध ठाउँ हुन् । यहाँ उत्पादन भएका सुन्तला जिल्ला भित्र र जिल्ला बाहिर पाल्पा, बुटवल, पोखर, काठमाडौं लगायत ठूला शहरमा पुग्ने गर्दछन् । बिष्टलाई स्थानीयले नयाँ गाउँमा पनि सुन्तलाको माला लगाई दिएका थिए ।
गाउँगाउँमा पुग्ने क्रममा उनलाई बिन्नि सुझावहरु मतदाताले दिने गरेका छन् । सुन्तलाको माला लगाइ सकेपछि बिष्टले कृषकले उत्पादन गरेका वस्तुले बजारी करणमा ध्यान दिने बताए ।

उनले मानव जातिलाई बाच्नका लागि कृषि उपज अपरिहार्य भएकाले कृषि जन्य वस्तुको उत्पादन र बजारीकरणमा लाग्ने बताए । वास्ताबिक कृषकहरु बिचौलियको मारमा परेर खास मुल्य नपाइरहेकाले अब त्यसो हुन नदिने बिष्टको भनाई छ ।

जनताका अपेक्षाहरुलाई पुरा गर्नको लागि सहि ढंगले अगाडी बताए । उनले यो निर्वाचनको परिणामले बिगतमा जिल्लाको विकास र समृद्धिका लागि गरेका प्रतिबद्धतालाई अझ प्रभावकारी बनाउदै पूर्णता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्