सहमतिमा सम्बन्ध रहेको पुष्टि भए मात्र निर्दोष ठहरिन सक्छन् सन्दीप, नत्र १० बर्ष जेल जाने निश्चित

| २०७९ मंसिर १९ गते १६: ०९ मा प्रकाशित

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता किशोरीले अदालतमा बकपत्र दिएकी छन् ।उनको बकपत्र प्रहरी र सरकारी वकिललाई दिएको बयानभन्दा पनि चर्को रहेको अदालत स्रोतले बतायो ।केही दिनअघि अदालतले दुई पटक गरी किशोरीको बकपत्र लिएको हो ।

उनले अदालतमा बयान फेर्न सक्ने झिनो आशा सन्दीप पक्षधर वकिलहरूलाई थियो । तर, त्यसको उल्टो भएको छ ।किशोरीको बकपत्रले जाहेरीलाई समर्थन गरेको मात्र होइन कि अझ कडा । यद्यपि, जाहेरी र बकपत्रमा कतिपय कुराहरू बाझिएको स्रोत बताउँछ ।

‘अदालतमा उनको प्रस्तुति हेर्दा कसैले मज्जाले सिकाएर पठाएको जस्तो बुझिन्थ्यो,’ स्रोतले भन्यो, ‘घोकाएको जसरी सबै कुराहरू खरर भनिन् ।’जाहेरीकर्ता किशोरी अहिले माइती नेपालको संरक्षणमा छिन् । उक्त संस्थाकी सञ्चालक अनुराधा कोइराला सुरुदेखि किशोरीले बयान फेर्ने सम्भावनालाई लिएर चिन्तित थिइन् ।

त्यसैले उनी आफैँ र संस्थाका काउन्सीलरमार्फत किशोरीलाई निरन्तर सम्झाई बुझाइ गर्दै आएकी थिइन् ।किशोरीले माइती नेपालबाट निस्किन चाहे पनि नदिइएको स्रोतको भनाइ छ । उनलाई त्यहाँ कसैसँग भेट्न र बाहिर निस्किन दिइएको छैन ।अदालतमा किशोरीको बकपत्रले उनी होस्टाइल हुने सम्भावनाको अन्त्य भएको छ ।

अब अदालतले हेर्ने भनेको उनको वास्तविक उमेर तथा ब’ ला त्कार वा सहमतिको सम्बन्ध भन्ने हो ।यदि जाहेरीमा दाबी गरिएजस्तो किशोरी ना’ बालि ग नै हुन् र शा’ रीरिक सम्बन्ध भएको पुष्टि भयो भने सन्दीपमाथि कडा सजाय हुन सक्छ । तर, कागजातहरूले उनको वास्तविक उमेर १८ वर्षभन्दा माथि रहेको देखाउँछन् ।

किशोरीले नागरिकता र पछि बनाएको जन्म दर्ताको आधारमा आफ्नो उमेर १८ वर्षभन्दा मुनि रहेको बताएकी छन् ।तर, उनको अस्पतालको कागजात, बसाइसराइ कागज, विद्यालयका प्रमाणपत्र तथा सुरुको जन्म दर्ताले १८ वर्ष कटिसकेको पुष्टि गर्ने सन्दीपका तर्फबाट बहस गरिरहेका वकिल लभ मैनाली बताउँछन् ।

उनको भनाइ उमेर पुष्टि गर्ने पहिलो आधार नागरिकता होइन ।‘अदालतले सबैभन्दा पहिले अस्पतालको कागज हेर्छ । त्यसपछि क्रमशः जन्म दर्ता, विद्यालयको प्रमाणपत्रहरूलाई आधार बनाइन्छ ।नागरिकताको आधार भनेको सबैभन्दा कम प्राथमिकतामा पर्छ,’ उनले भने ।

यदि सन्दीपका वकिलहरूले पेश गरेका कागजातहरू सही ठहर्‍याएर किशोरी ना’ बालि ग नरहेको निष्कर्षमा न्यायाधीश पुगे भने सन्दीपलाई राहत हुन सक्छ । त्यस्तो अवस्थामा न्यायाधीशले जबरजस्ती शारीरिक सम्बन्ध कायम गरिएको हो वा होइन भनेर हेर्छन् ।

यदि किशोरीको अनिच्छाबिना ब’ ल पूर्वक शा’ रीरि क सम्बन्ध राखिएको पुष्टि भएमा सन्दीपमाथि ब’ ला त्कारको सजाय हुन्छ । तर, यदि सहमतिमा सम्बन्ध रहेको पुष्टि भए सन्दीप निर्दोष ठहरिन सक्छन् ।अहिलेसम्म ज’बर जस्ती नै सम्बन्ध राखिएको भन्ने वादी पक्षकले कुनै बलियो प्रमाण पेश गर्न नसकेको स्रोतको भनाइ छ ।source- saja khabar 

प्रतिक्रिया दिनुहोस्