श्रीमतीको टाउको काटेर प्लाष्टिकमा बोकेर हिडिरहेका मगर पक्राउ

| २०७९ मंसिर २१ गते १५: १९ मा प्रकाशित

सुर्खेतको पञ्चपुरीमा एक ब्यक्तिले आफनै श्रीमतीको टाउको काटेपछि झोलामा हालेर प्रहरी कार्यालय पुगेका छन्। पञ्चपुरी नगरपालिका–३ तोक्माका ३८ वर्षीय अम्मरबहादुर आले मगरले ३० वर्षीय श्रीमती मिनाको हत्यापछि टाउको बोकेर प्रहरीमा पुगेका हुन।

श्रीमतीको टाउको प्लाटिकमा बोकेर इलाका प्रहरी कार्यालय बाबियाचौर जाँदै गर्दा उनलाई प्रहरीले बाटैमा नियन्त्रणमा लिएको हो । पन्चपुरी–३ तोक्माबाट हिडेका उनी पञ्चपुरी–२ पलैंटेबाट नियन्त्रणमा परेका हुन।

दुवई र मलेसिया गरी आठ वर्ष वैदेशिक रोजगारीमा वसेपछि गत वर्ष भदौमा घर फर्किएका अमरवहादुरले प्लास्टिकमा श्रीमतीको टाउको बोकेर हिँडेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनी श्रीमतीको काटेको टाउको देखाउँदै हिडेका थिए।

जानकारी अनुसार अमरवहादुर बीचमा वेलावखत झैझगडा हुँदै आएको थियो। आर्थिक अपार्दशिता र अविश्वासका कारण झगडाकै कारण यो घट्ना भएको हुन सक्ने वडा नम्बर–३ का अध्यक्ष बलबहादुर रोकायले बताए ।

उनका अनुसार झगडाका कारण मिना भागेर माइत गएकी थिइन्। छिमेकीहरुका अनुसार अमरवहादुर आफै गएर मिनालाई घर ल्याएका थिए । माइतबाट आएको दुई दिनमा उनको हत्या भएको हो। छोराछोरी विद्यालय गएको मौका पारेर मंगलबार दिउँसो उनले श्रीमतीको घाँटी रेटेको पाईएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी सुरज कार्कीले प्रारम्भिक अनुसन्धान अनुसार वैदेशिक रोजगारीमा गएका श्रीमानले श्रीमतीको विश्वास नगर्दा र आपसी झगडाका कारण घटना हुन गएको बताए। उनीहरूका ११ वर्षीय एक छोरा र ८ वर्षीय छोरी छन्।source- nepalaaja.com

प्रतिक्रिया दिनुहोस्