नेपालको गौरव र स्वाभिमान माथि नै हमला

| २०७९ माघ १७ गते १८: ०० मा प्रकाशित

खिमराज चालिसे,चण्डीगढ । जी २० बैठकको सन्दर्भमा चंडिगढ ट्रिबुन चौकमा हिजो रातीसम्म नेपाल लगायत विभिन्न देशहरुको झण्डा लगाइएको छ । तर, नेपालको झण्डा भने उल्टो लगाइएको छ । शहरमा बस्ने नेपाली समुदायले भने आफूहरुको देशको झण्डा उल्टो लगाएर नेपाल र नेपालीको गौरव र स्वाभिमान माथि नै अपमानित गरिएको बताएका छन् । बिडियो र फोटो मात्र होईन त्यहाँ लागेको सिसिटीभीमा समेत उक्त झण्डाको अपमानित दृश्य कैद छ ।

१८औं जि२० राष्ट्रहरू र सरकार प्रमुखहरूको शिखर सम्मेलन ९-१० सेप्टेम्बर २०२३ मा नयाँ दिल्लीमा हुनेछ । शिखर सम्मेलन सबै जि२० प्रक्रियाहरू र मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू र नागरिक समाजहरू बीच वर्षभरि आयोजित बैठकहरूको परिणति हुनेछ । नयाँ दिल्ली शिखर सम्मेलनको समापनमा जि२० नेताहरूको घोषणा-पत्र स्वीकार गरिनेछ, सम्बन्धित मन्त्री र कार्य समूह बैठकहरूमा छलफल र सहमति भएका प्राथमिकताहरूप्रति नेताहरूको प्रतिबद्धता जनाउने छन् । उक्त सम्मेलन पूर्व जि२०का देशहरुको प्रतिनिधित्वमा बैठक सम्पन्न हुँदैछ । सो बैठकको पूर्वसन्ध्यामा झण्डा लगाइएको अनुमान गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय स्तरमा हुने कार्यक्रममा लगाइएको राष्ट्रिय ध्वजको गलत तरिकाले उपायोग हुनु निन्दनीय विषय त हो नै, त्यसको साथै भारतीय प्रशासनको हेपाह प्रवृत्ती पनि हो भन्न सकिन्छ । यस प्रकारको क्रियाकलापमा सम्बन्धित देशका सरोकार वालाहरुले समयमा नै ध्यान दिनु पर्ने आवश्यकतालाई गम्भिरतापूर्वक लिनु पर्ने आम सर्वसाधारणको धारणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्