बैंकको किस्ता तिर्न नसकेर अर्का व्यवसायीले गरे आ’ त्मह’ त्या

| २०७९ फागुन १७ गते १४: ४३ मा प्रकाशित

काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीका एक समाजसेवी छवि भएका व्यवसायी दीपक पौडेलले आ’ त्मह’ त्या गरेका छन् । उनले बैंकको किस्ता थेग्न नसकेर आ’ त्मह’ त्या गरेको आफन्तसहितले बताएका छन् ।

लामो समयदेखि परिवारसहित काठमाडौँमा बस्दै आएका व्यवसायी पौडेलले मङ्गलवार दिउँसो आफ्नै घरको भर्याङ्मा झु’ न्डिएर आ’ त्मह’ त्या गरेको अवस्थामा भेटिएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । ‘बिहान मर्निङ जाँदा डोरी किनेर झोलामा लिएर आएछन् ।

त्यसपछि आमालाई भाइको घरमा, श्रीमतीलाई जुस किन्न र सानो छोरो कलेज पठाएर उनी झु’ न्डिए छन् । उनको योजनाबद्ध तरिकाले ज्यान लिएको देखिन्छ । यो बैंकको ब्याज तिर्न नसकेरै ज्यान लिएको धेरैलाई थाहा भएको कुराहो । उहाँ ठुलो व्यापारी हुनुहुन्थ्यो ।’

पौडेललाई पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कारको लागि पुर्‍याएको स्थानबाट फोनमा कुरा गर्दै पालिका अध्यक्ष श्रेष्ठले उनी आर्थिक भार थेग्न नसकेर ज्यान लिएको पुष्टि हुने तर्क गरे । ज्यान लिएका पौडेल अन्दाजी ५०/५१ वर्षीय रहेको बताइएको छ ।आर्थिक मन्दी र चर्को ब्याजदरका कारण ऋण तिर्न नसकेपछि उनी केहि समयदेखि पीडामा थिए ।

उहाँले माइलो छोरोलाई, नजिकको साथी महेश कार्कीलाई केही दिन अगाडि मैले थेग्न नसक्ने भए, म, अन्तिम अवस्थामा पुगी सकेको छु, मेरो स्वास्थ्यले पनि धान्न नसक्ने भयो भन्नु भएको रहेछ । यसको अर्थ बैंकको ऋणकै कारण उहाँले ज्यान लिएको हो, पालिका अध्यक्ष श्रेष्ठले भने ।

भिरपानी साबिक वडा नं ४ का स्थानीय पौडेलका छोरा केही समय अगाडि मात्रै अस्ट्रेलिया गएको उल्लेख गर्दै सो छोरालाई म रहिन भने त, यहाँ चाँडै नआइजा भनेको पनि उनले सुनाए । उनको नि’ धन आ’ त्मदा’ ह गरेका आर्चायको घटना जस्तै भएको भन्दै पालिका

अध्यक्ष श्रेष्ठले बैंकको किस्ताले आ’ त्मह’ त्या गर्नेको सङ्ख्या अब थेगिन नसक्नु भएको बताए । मृ’ तक पौडेलको पो’ स्ट मा’ र्टम पछि अहिले आर्यघाटमा अन्त्येष्टि गरिएको बताए ।पौडेलले व्यवसाय सञ्चालनका लागि भन्दै रकम ऋण लिएका थिए ।sajha khabar

प्रतिक्रिया दिनुहोस्