एनओसी विद्येयक खारेज गर्न माग गर्दै,एनओसी चाहियो भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिए

| २०८० बैशाख ५ गते १८: ५१ मा प्रकाशित

दिव्या भुसाल ,काठमाण्डौ। नेपाल सरकारको शिक्षा मन्त्रालयले डिप्लोमा र भाषा पढ्न विदेश जानका लागि No objection certificate (NOC) नदिने गरी निर्देशिका ल्याएको छ। 

यसको बिरोध भइरहेको छ । शौक्षिक परामर्शदाताहरुले मात्र नभई पछिल्लो केही दिन यता विद्यार्थीहरुले समेत सडकमै  आएर यो निर्णयको बिरोध गरिरहेका छन्। 

काठमाडौँको नयाँ बानेश्वरमा विद्यार्थीहरु NOC विद्येयक खारेज गर्न माग गर्दै र NOC चाहियो भन्दै आन्दोलनमा उत्रिएका छन् । सरकारको यस्तो निर्णयले विदेशमा डिप्लोमा र भाषा पढ्न जान लागेका हजारौं विधार्थीहरु प्रभावित भएका छन् । याे रोक अमेरिका , अष्ट्रेलिया , क्यानाडा डिप्लोमा गर्न जाने विद्यार्थी मात्र नरोकी नेपालमा जापानिज भाषा पढिरहेका विद्यार्थीहरु जाे जापानमा गएर थप भाषा अध्ययन गरी केही आयआर्जन गर्थे उनीहरूको भविष्यमा समेत पूर्णविराम लगाउने काम गरेको छ । सरकारको यस्तो निर्णयले हजारौं विधार्थीहरु अन्योलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्