नक्कली शरणार्थी प्रकरण : गाडी दुरुपयोग गराउने हज समितिका अध्यक्ष मियाँ पक्राउ

| २०८० जेठ ४ गते १२: ४९ मा प्रकाशित

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा गिरोहलाई गृह मन्त्रालयको गाडी दुरुपयोग गर्न दिएको आरोपमा नेपाल हज समितिका अध्यक्ष शमशेर मिया पक्राउ परेका छन् ।

गृह मन्त्रालयले समितिलाई दिएको गाडी गिरोहले पैसा उठाउन र ओसारपसार गर्न प्रयोग गरेको प्रहरीले पुष्टि गरेको छ । उक्त गाडी कसरी दुरुपयोग भयो भनी अनुसन्धान गर्न मियाँलाई पनि पक्राउ गरिएको हो । उक्त ठगी प्रकरणमा मियाको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले स्रोतले जनाएको छ ।

गृह मन्त्रालयको स्वामित्वमा रहेको बि.ए.बी–१४०५ नम्बरको सरकारी गाडी प्रहरीले बरामद गरेको छ । उक्त गाडी हज समितिलाई उपलब्ध गराइएको थियो । तर नक्कली शरणार्थी बनाउँदै पैसा उठाउने गिरोहले बायोमेट्रिक गराउन र अन्तर्वार्ता लिन तथा पैसा ओसारपसार गर्न समेत उक्त गाडी प्रयोग गर्ने गरेको खुलेको हो । प्रहरीका अनुसार उक्त गाडी चितवनसम्म पुगेको थियो । गाडीको नम्बरप्लेट पटकपटक फेर्ने गरेको समेत पाइएको छ ।न्युज २४

प्रतिक्रिया दिनुहोस्