नागरिक उन्मुक्तिले आह्वान गरेको नेपाल बन्द स्थगित

| २०८० जेठ ५ गते २०: १९ मा प्रकाशित

कैलाली । नागरिक उन्मुक्ति पार्टीले भोलिदेखि आह्वान गरेको नेपाल बन्द स्थगित गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै ६ गतेदेखि १० गतेसम्म तय गरिएको नेपाल बन्द घोषणा कार्यक्रम स्थगित गरेको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिने, फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्दै नेपाल बन्द घोषणा फिर्ता लिइएको वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकार पक्षबाट सम्माननीय प्रधानमन्त्री ज्यूले सदनमै ‘लाल आयोग’ प्रतिवेदन सार्वजनिक गरिने फौजदारी विधेयक संसदमा टेबुल भइसकेकोलगायत अन्य राजबन्दीको रिहाइ कानुन संशोधन गरेर भए पनि निकाल्ने प्रतिबद्धता सांसदमै जाहेर गर्नु भएको हुँदा सरकार पक्षसँग भएको सम्झौता सकारात्मकता भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकाले प्रेस विज्ञप्तिमा आह्वान गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्