भुटानी शरणार्थी प्रकरणः साढे २७ करोडको बिगो, १२३ पीडित, २३ वटा जाहेरी

| २०८० जेठ ८ गते १७: ४९ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाएको छ । यो प्रकरणमा ११३ जना पीडित रहेको प्रहरीको अनुसन्धानको निष्कर्ष छ । ती पीडितहरूबाट २३ वटा जाहेरी परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीले यो प्रकरणमा अभियुक्तहरूले चार खाले भूमिका निर्वाह गरेको निष्कर्ष निकालेको छ । यो प्रकरणमा प्रहरीले २७ करोड ५० लाख ७४ हजार ५०० रुपैयाँ बिगो कायम गरेको छ ।

प्रहरीले एमालेका निलम्बित सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई मुख्य निर्णयकर्ता बनाएको छ ।

त्यस्तै, सानु भण्डारी र केशव दुलाललगायतले विचौलियाको भूमिका निर्वाह गरेको प्रहरीको निष्कर्ष छ । यस्तै, पूर्वगृहमन्त्री रामबहादुर थापाको सचिवालयले विचौलियाको संरक्षण गरेको अनुसन्धानमा खुलेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।

थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, उनका छोरा निरज राई, थापापुत्र प्रतीक थापा, रायमाझीपुत्र सन्दीप रायमाझीले विचौलियाको संरक्षक गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । यसैगरी, नक्कली भुटानी बनेर अमेरिका जान चाहने व्यक्ति खोज्ने र उनीहरूबाट पैसा उठाउने भूमिकामा सागर थुलुङ राई, टंक गुरुङ, गोविन्दकुमार चौधरी, गजेन्द्र बुढाथोकी र सन्देश शर्मालगायतका व्यक्ति रहेको प्रहरीको निचोड छ ।सिलापत्र बाट साभार 

प्रतिक्रिया दिनुहोस्