यात्री मोटरसाइकलको पुरानो तस्बिर भाइरल, कम्पनीले दियो स्पष्टीकरण

| २०८० जेठ ८ गते १८: ११ मा प्रकाशित

यतिबेला सामाजिक सञ्जालमा यात्री मोटरसाइकलको एउटा फोटो भाइरल छ। जसमा मोटरसाइकल गुड्दागुड्दै च्यासिस भाँचिएको भनिएको छ।

उक्त फोटो हालको नभई परीक्षण समयको रहेको कम्पनीले स्पष्टीकरण दिएको छ। 

कम्पनीले सोमबार दिउँसो एक फेसबुक पोष्टमार्फत जरुरी सूचना जारी गर्दै भनेको छ, 'परिवेश नै नबुझी सामाजिक सञ्जालमा भाँचिएको फोटो भाइरल हुँदैछ। हामी उत्पादन अघि हरेक नयाँ भाग र प्रणालीहरूको परीक्षण गर्छौ। आन्तरिकतर्फ च्यासिस पुनरावृत्ति परीक्षण गरिरहँदाको तस्बिर अहिले भाइरल भएको हो।'

कम्पनीका प्राविधिक निर्देशक ठाकुर पौडेलले हाल भाइरल भइरहेको फोटो 'परीक्षण बाइक'को रहेको बताउँदै आफ्नो उत्पादनहरूमा कुनै समस्या नभएको बताए। 

उक्त फोटोमा कतिपयले यात्री मोटरसाइकलको गुणस्तरमा प्रश्न उठाइरहेका छन्। यसमा कम्पनीका प्राविधिक निर्देशक पौडेलले भने कम्पनीद्वारा उत्पादित मोटरसाइकलमा ढुक्क हुन बताएका छन्। 

उत्पादित र बिक्री भएका बाइकहरूमा कुनै त्रुटि नभएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्