रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्न चाहेको बताए

| २०८० जेठ १० गते १३: ३६ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्न चाहेको बताएका छन्।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा मुटु नकमाई अनुसन्धान हुने बताएका प्रधानमन्त्रीको मुटु कामेकोजस्तो लागेकोले चेक गर्नुपरेको लामिछानेको भनाइ छ। सरकारको नीति तथा कार्यक्रममाथि बुधबार भएको छलफलमा रास्वपा सभापति लामिछानेले तीन पार्टी बसेर खासखुस गरेको गन्ध संसदसम्म आएको बताए । 

त्यसलाई रोक्नुपर्ने भन्दै उनले भने, ‘कसैको नाम आएपछि हिलो लाग्छ भनेर रेड कार्पेट ओछ्याइदिनुस्, तर प्रहरी कार्यालयमा लगेर बयान लिनुपर्छ । लामिछानेले भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैसँग बयान लिनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्