राजनीति भ्रस्टहरुको पार्टी छोडियो भन्दै वार्डका सबै एमाले युवा नेता माओवादीमा प्रवेश

| २०८० असार २५ गते १४: २५ मा प्रकाशित

चौताराका २ दर्जन बढि युवाहरुले नेकपा एमाले पार्टी परित्याग गरि नेकपा (माओबादी केन्द्र) प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरु चौतारा साँगाचोकगढी नगरपालिका ४ र ५ नम्बर वडाका नेकपा एमाले सम्बद्ध युवाहरु रहेका छन् ।

पार्टी प्रवेश गर्नेहरु राकेश श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, रबि श्रेष्ठ, हेमबहादुर श्रेष्ठ, मनिष श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, राम श्रेष्ठ, राजु श्रेष्ठ, कल्पना श्रेष्ठ, अम्मर बहादुर श्रेष्ठ, मानबहादुर श्रेष्ठ, अनुप श्रेष्ठ, इश्वर श्रेष्ठ, रमेश श्रेष्ठ, गोपाल श्रेष्ठ, सन्तोष सापकोटा, डम्बर बहादुर श्रेष्ठ, श्यामकुमार श्रेष्ठ, मिलन श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, अस्मिता श्रेष्ठ, दिपक कसजु, रिता कसजु, मन्द्र नेपाली र राहुल खत्री रहेका हुन्।

आइतबार पार्टी कार्यालयमा नगरप्रमुख कृष्ण प्रसाद सापकोटा र बागमती प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री युवराज दुलालले संयुक्त रुपमा नवप्रवेशीहरुको स्वागत गरेका थिए ।

प्रवेश गर्नेक्रममा, प्रवेश भएका व=एक युवा नेताले, ‘भ्रस्टहरुको पार्टी छोडियो जनताको पार्टीमा जोडियो’ समेत बताएका थिए ।श्रोत - सडक संचार 

प्रतिक्रिया दिनुहोस्