सांसद घिमिरेको आक्रोश- 'अखण्ड भारतकोे नक्सामा लुम्बिनी मिसिँदा प्रदेश सरकार पनि चुप बस्यो'

| २०८० सावन १३ गते १९: ३९ मा प्रकाशित

लुम्बिनी प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले नेपालको गौरव तथा स्वाभिमान लुम्बिनीलाई भारतको नक्सामा सामेल गरेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राष्ट्रियता माथि धावा बोल्ने काम गरेको बताएका छन् । घिमिरेले मोदीले भारतको नक्सा मार्फत दीर्घकालिन लक्ष्यबारे विश्वलाई नै सन्देश दिएको बताए । 

घिमिरेले नेपालका प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणको विषयमा नक्साको विषय उठाउन नसक्दा नेपालीहरुको शिर र स्वभिमान ढलेको आरोप लगाए । घिमिरेले प्रधानमन्त्रीलाई आफ्नो कुर्सीको रक्षामा चिन्ता लाग्दा पुर्खाले आर्जन गरेको इज्जतमा समेत दाग लागेको बताए । घिमिरेले भने- 'हाम्रा सम्माननीय प्रधानमन्त्रीले भारत भ्रमण गर्नुभयो । हामी धेरैलाई विश्वास थियो, देशको प्रधानमन्त्रीले यो विषयलाई उठाउन हुनेछ । प्रधानमन्त्रीलाई आफ्नो कुर्सीको रक्षामा चिन्ता भयो । उहाँले भारतसँग त्यो विषयमा कुरा उठाउन सक्नुभएन् । देश र जनताका भावनलाई उहाँले त्यहाँ राख्न सक्नुभएन् ।' 

लुम्बिनीलाई भारतले आफ्नो वृहत्तर नक्सामा सामेत गराउँदा प्रदेश सरकार पनि चुप बसेको आरोप लगाए । सो बेला आफ्ना आवाजहरुलाई उठ्न नदिनको लागि योजनाबद्ध तरिकाले सरकारको निर्देशनमा प्रदेश सभाको बैठक पनि लामो समय स्थगन गरेको बताउँदै घिमिरेले उक्त विषयलाई उठाउन नदिएको प्रति आक्रोश पोखे । प्रतिनिधि सभामा भारतको नक्साको विषय तातिरहेको बेला लुम्बिनी प्रदेश सभाको बैठक स्थगित गरेर छलफल गर्न नदिएको उनको आरोप छ । 

घिमिरेले भारतको ज्यादती विरुद्ध काठमाडौं महानगरका मेयर बालेन शाहले काउण्टरमा ग्रटेर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राख्दा लुम्बिनी प्रदेश सरकारले छलफल गर्ने वातावरण समेत अन्त्य गरिदिएको जिकिर गरे । घिमिरेले प्रदेश सभाको विशेष बैठक बोलाएर भारतको हेपाहा प्रवृत्तिको विरुद्धमा खेद प्रस्ताव पारित गर्न  माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्