टिकौली जंगलमा ८ वटा सवारी साधन ठोक्किए, २० जना घाइते

| २०८० सावन ३२ गते १४: ४४ मा प्रकाशित

पूर्व-पश्चिम राजमार्गस्थित टिकौली जंगलमा ८ वटा सवारी साधन एक-अर्कासँग ठोक्किँदा २० जना घाइते भएका छन्।

भरतपुरबाट पूर्वतर्फ जाँदै गरेको कलेज बसले विपरीत दिशाबाट आउँदै गरेको शव वाहन, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो।

नवलपुरको गैंडाकोटस्थित अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको बसले विपरीत दिशाबाट शव बोकेर देवघाट आउँदै गरेको ना २ च ८४४६ नम्बरको को बलेरो, बा.प्र.०६-००१प ९९८१, बा.प्र.०३-००५ प ९७, ना६२ प ६०३२, बा.प्र.०३-००१ प ४१४७  नम्बरका मोटरसाइकल, बा.प्र.०६-००१प २२९४ र ब.प्र.०३-००२प ४१९८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।

सबै सवारी साधनहरू एक आपसमा ठक्कर खाँदा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए। घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

अन्य घाइते ५ जनाको भरतपुर अस्पताल, ७ जनाको पुरानो मेडिकल कलेजमा र एक जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनामा चितवनको खैरहनी–४ का कृष्णबहादुर तामाङ, खैरहनी–१का जितबहादुर तामाङ, रत्ननगर-१४ का कुसुमबहादुर राना, रत्ननगर-१४ का सुरेश श्रेष्ठ, रत्ननगर-९ का किशोर तामाङ, रत्ननगर-१४ का डोलबहादुर कार्की र मकवानपुर हेटौंडा-१४ का महोन तामाङ गम्भीर घाइते भएको डिएसपी पण्डितले बताए।

रत्ननगर-१४ का पुर लामा, रत्ननगर-१४ कै बुद्रिराम तामाङ, रत्ननगर-१६ का रेशम पोखरेल, रत्ननगर-१६ दिलबहादुर घिसिङ र काठमाडौंको गोकर्णेश्वर-४ की तारा श्रेष्ठको पनि भरतपुर अस्पतालमा उपचार भइरहेको छ।

शव बोकेको बलेरो गाडीमा सवार नवलपुरको गैंडाकोट-८ का लोकराज लामाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

बा.प्र.०३-००६ प ९९८१ नम्बरको मोटरसाइकलका चालक रत्ननगर-१४ बस्ने ३३ वर्षका शंकर परियार, सोही मोटरसाइकलमा पछाडि बसेका रत्ननगर-१४ कै दिवेश शाक्य, बोलेरो गाडीमा सवार रत्ननगर-१४ का आइतराम कामी, २६ वर्षका पुष्प तामाङ, ३८ वर्षका कृष्ण लामा, रत्ननगर-३ का गोपाल तामाङ र जीवन लामाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

बसका चालक नवलपुरको गैंडाकोट-९ बस्ने २६ वर्षीय आशिष परियार प्रहरीको नियन्त्रणमा छन्। प्रहरी चौकी गोन्द्राङबाट करिब ५ सय मिटर पूर्वमा उक्त दुर्घटना भएको हो।श्रोत - सेतो पाटी 

प्रतिक्रिया दिनुहोस्