अगाडी रातो पछाडी कालाे नम्बर प्लेट राखेकाे मिनी ट्रकसहित अर्घाखाँची लैजान लागेको ६४ बोरा चिनी बरामद

| २०८० भदौ ८ गते १८: ३१ मा प्रकाशित

कपिलबस्तु। कपिलवस्तुमा तस्करीका लागि अनौठो तरिका अपनाइएको पाइएको छ । भारतबाट अबैधरुपमा भित्र्याइएको चिनी अर्घाखाँची लैजाने क्रममा एउटै गाडीको दुई वटा नम्बर प्लेट राखी तस्करी गरेको पाइएको हो। तौलिहवा– गोरुसिंगे सडक अन्तरगत बुद्धभुमी नगरपालिका वडा नम्बर रामघाट पुल नजिकै प्रहरीले ६४ बोरो चिनी बोकेको मिनी ट्रक पक्राउ गर्दा यस्तो तथ्य बाहिर आएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक शैलेश्वरी बोहोराले बताईन।

प्रहरी टोलीले शंकालागि चेक जाच गर्नेक्रममा अगाडी रातो नम्बर प्लेटको लु १ क ५४५२ र पछाडी कालो नम्बर प्लेटको लु २ ख ५४८६ नम्बरको मिनी ट्रकमा ६४ बारो चिनी सहीत पक्राउ गरिएको बोहोराले बताईन्। गोप्य सुचनाका आधारमा तस्करी गरी भित्राइएको चिनी र गाडी बरामद भएको उनले बताईन्। तस्करहरुले एउटै गाडीको दुई वटा नम्बर प्लेट राखी यस्तो अबैध कारोवार गरको यो पहिलो घटना हो। मिनी ट्रकका चालक समेत प्रहरी नियन्त्रणमा छन्। भारतबाट भन्सार छली चोरी गरी ल्याएको अबैध ६४ बोरा चिनी र मिनि ट्रकसहित नियन्त्रणमा लिई अनुसन्धान कार्य पुरा गरी सुठौली भन्सार कार्यालय पठाइएको प्रहरी निरीक्षक बाहोराले बताईन्।  

उता भदौ ५ गते पनि कपिलवस्तुका बिभिन्न ३ स्थानमा २ लाख ३० हजार बढीका सामाग्री बरामद भएको थियो। कादोहवामा पुरुष र बच्चाले प्रयोग गर्ने २ लाख १० हजार मुल्यका चप्पल र जुत्ता मर्यादपुरमा कोदोहवामा जुत्ता, मैदा चिनी लगायतका सामाग्री ११ हजार तथा चाकचलचौडा नाकाबाट चिनी र मैदा गरी ९ हजारको बरामद गरिएको सामाग्री समेत भन्सार चलान गरिएको थियो। भारतबाट अबैधरुपमा माल भित्राई गोदाममा संकलन गनेए अनि जिल्ला र जिल्ला बाहिर निकासी गर्ने तस्करहरुको संख्या धेरै रहेको ब्यापारी श्रोतको भनाई छ। 

कपिलवस्तुका बजारमा रहेको चिनी लगायतका किराना सामानहरु अधिकांस तस्करहरुले भित्राएका मालहरु नै बिक्री हुने गरको श्रोतको भनाई छ। भारतबाट किराना, चामल, कास्मेटिक सामान, प्याज खसी बोका, रागां, कालो सिसौ लगायतका सामान र नेपालबाट सस्तो खाले रक्सी टमाट लगायतका बिभिन्न सामाग्रीहरु भारतमा अबैधरुपमा लौजने गरिएको छ । 

९३ किलो मिटर क्षेत्रको खुला सिमाका कारण जिल्लाका समेत तस्करहरुलाई कारोवार नर्ग सजिलो रहेको कारोवारीहरु बताउछन्। श्रोत - नगारिक न्युज 

 

प्रतिक्रिया दिनुहोस्