शुल्कवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघको प्रदर्शन बालुवाटारमा

| २०८० भदौ १० गते १७: १८ मा प्रकाशित

इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा शुल्कवृद्धि गरेको विरोधमा अनेपाल विद्यार्थी संघ नेविसंघ ले आइतबार काठमान्डौंमा विरोध प्रदर्शन गरेको छ। शुल्कवृद्धि फिर्ता लिन माग गर्दै आइतबार आइतबार बिहान १० बजे नेविसंघ निकट विद्यार्थीहरू पोष्टर र प्लाकार्डसहित नाराबाजी गर्दै बालुवाटार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न पुगेका हुन्।

इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेनदार विद्यार्थी अध्ययनबाट वञ्चित भएको भन्दै नेविसंघले विरोध गरेको हो। २०८० साउन २५ को निर्णयअनुसार इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत आङ्गिक क्याम्पसहरूको शुल्क २ लाख ८० हजारबाट बढाएर ७ लाख ७५ हजार पुर्‍याएको थियो , आन्दोलनको माग सबै विश्वविद्यालयको इन्जिनियरिङ शिक्षा एकै मापदण्ड तय गरी एकरूपता ल्याउनुपर्ने, इन्जिनियरिङ अध्ययन संस्थान आइओइको १४४ प्रतिशत अवैज्ञानिक र असान्दर्भिक शुल्क वृद्धि तुरून्तै फिर्ता लिनुपर्ने,त्रिवि र आइओइलाई सेन्टर अफ एक्सिलेन्सको रूपमा स्थापित गरी अनुदान बढाउनुपर्ने उनीहरूको माग छ।
तत्काल शुल्कवृद्धि फिर्ता लिएर चापागाईंको जीवनरक्षा गर्नुपर्ने नेविसंघका केन्द्रीय शिव पाण्डेले बताए ।

 नेविसंघले सबै विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षाको एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने र इन्जिनियरिङ अध्ययन संस्थानले हालै गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने माग गरेको छ । त्यस्तै, विद्यार्थी विदेश पलायनलाई रोक्न राष्ट्रिय संकट घोषणा गर्नुपर्ने नेविसंघको माग छ ।

प्रतिक्रिया दिनुहोस्